Search This Blog

Sunday, November 24, 2013

विश्वका पहिलो प्रबिधि

आइबिम को पहिलो हार्ड ड्राइभ
palmtapआइबिएमको पहिलो हार्ड ड्राइभ सन् १९५६ मा बनाइएको थियो जसलाई आइबिएम मोडल ३५० डिस्क फाईल नामाकरण गरीएको थियो । पहिलो जेनेरेसनको स्टोरेज युनिट ठूलो हुन्थियो जसमा एउटा क्याबिनेटको क्षेत्रफल दराज जत्रो र ५० वटा २४ इन्च डिस्क अटाउनुको साथै ५ एमबि डाटा अट्ने क्षमता राख्दथ्यो ।
रेडियो स्याक
रेडियो स्याक पिसी ७० को दशकमा टिआरएस ८० को रेभोल्युसन ल्याउने कम्पनि हरु मध्य पहिलो थियो । धेरै मानिसलाई थाहा नहुने कुरा के हो भने रेडियो स्याक लाई ट्यान्डि रेडियो स्याक एन्ड लेदर सन् १९६३ का ट्यान्डि नामक छालाको कम्पनि पछि नामाकरण गरीएको थियो ।
पहिलो पाल्मटप कम्प्युटर
अटारी पोर्टफोलियो नामक संसारको पहिलो पाल्मटप कम्प्युटर सन् १९८९ मा निकालिएको थियो । २ वर्ष पछि सो कम्प्युटर टरमिनेटर २ फिल्ममा जोन कनर दारा एटिएम ह्याक गर्न र साइबरडाइन ल्याबको सांचो पाउन प्रयोग गरेको देखाइएको थियो ।
mouse
पहिलो माउस
पहिलो माउस सन् १९७० मा जेरोक्स् पारक दारा निर्माण गरिएको धारणा धेरैको छ । तर पहिलो माउस डगलस एन्गलबार्टले सन् १९६३ मा निर्माण गरेका थिए । सो माउस काठको खोलमा दुईवटा फलामका पाङ्गा हालेर बनाइएको थियो ।
डिजिटल सरकिट
इन्फरमेसन टेक्नोलोजिको बुबा मानिने क्लउड स्याननले डिजिटल सरकिट को आविस्कार २१ वर्षको उमेरमा मास्टरस् डिग्री अध्यनरत हुँदा गरेका थिए ।
स्यानन नँया आविस्कारहरु गर्नमा चासो राख्दथे । उनको अल्टिमेट मेसिन मा स्विच अन गर्ना साथ एउटा हात बाहिर निस्कन्छ र त्यसलाई फेरी भित्र हालिदिन्छ ।
एपोलो ११ कम्प्युटरस्
मानिसलाई चन्द्रमा मा पुऱ्याउने कम्पयुटरहरु कति शक्तिशाली होलान् ? एपोलो ११ का कम्प्युटर हरुको प्रोसेसिङ पावर अहिलेको मोबाइल फोन भन्दा पनि कम थियो ।


 <!-- Begin BidVertiser code -->
<SCRIPT LANGUAGE="JavaScript1.1" SRC="http://bdv.bidvertiser.com/BidVertiser.dbm?pid=571254%26bid=1430552" type="text/javascript"></SCRIPT>
<noscript><a href="http://www.bidvertiser.com/bdv/BidVertiser/bdv_advertiser.dbm">internet advertising</a></noscript>
<!-- End BidVertiser code -->

 

Wednesday, November 13, 2013

चश्माबाटै गीत सुन्न सकिने प्रविधि आउँदै

glass by google .
चश्मा बाट पनि गीत सुन्न सकिन्छ भनेर पत्याउनु हुन्छ ?
तपाईलाई आश्चर्य पार्ने गरी भरखरै गुगलले विकास गरेको चश्माको  सहायताले अब मन पर्ने गीत सुन्न सकिने भएको छ । कम्पनीले जानकारी दिए अनुसार इन्टरनेट जडित यस्तो चश्मामा गुगल अनलाइन म्युजिक सर्भिसबाट गीत सुन्न सकिने सुविधा  छ । विशेष रुपले डिजाइन गरिएको इयरबड्स (Earbuds) का कारण हाइ क्वालिटीको अडियो सुन्न सकिन्छ । यसको साउन्ड सर्चले तपाइले सुनिरहेको गीतको पहिचान गर्ने भए पनि तपाइले कुन गीत सुनिरहेको छु भनेर थाहा पाउन सक्ुनहुदैन । त्यसैले यसका  लागि ु’OK Glass…what song is this? भनेपछि यसले नै ट्युनको नाम दिनेछ । कम्पनीले चश्मामा नया भ्वाइस कमान्ड पनि राख्ने जनाएको छ । आधिकारिक रिलिजको समय र यसको मूल्य बारे थाहा नदिइए पनि कम्पनीले २०१४ को शुरुमा नै यसलाई बजारमा ल्याउन संकेत दिएको छ । यो चश्माको प्रयोग गर्न भने अझै दुई महिना लाग्न सक्ने जनाईको छ ।

Tuesday, November 12, 2013

झुट बालेको पत्ता लगाउने मेसिन नेपालमा आउँदै

 polygraph machine 

अपराधका आरोपी पत्ता लगाउन नेपालले पनि चाडैं बैज्ञानिक प्रविधि भित्र्याउन लागेको छ ।
अभियुक्तलाई कुटेर सत्य तथ्य पत्ता लगाउने गरेको प्रहरीले अब भने झुट बोल्ने प्रविधि नेपालमा ल्याउन लागेको हो । अभियुक्तले ढाँटेमा पत्ता लगाउने पोलिग्राफ मेसिन (लाइ डिटेक्टर) एक महिनापछि ल्याउने जानकारी प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले दिएका छन् ।
पहिला पनि ल्याउने प्रयास भए पनि यो मेसिन निकै महगंो पर्ने र प्रहरीलाई तालिम दिन झनै खर्चिलो हुने भएकाले यो मेसिन ल्याउन सकिएको थिएन । हाल अमेरिकी सहयोगमा ५ र नेपाल प्रहरीकै बजेटमा २ गरी सातवटा पोलिग्राफ मेसिन ल्याउन लागिएको हो । साथै तालिममा पनि नेपाललाई अमेरिकाले सहयोग गरेको छ ।
पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउने छ । मुटुको चाल, रक्तचाप लगायत शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा पोलिग्राफ मेसिनले झुटो बोलेको पत्ता लगाउन सक्नेछ ।

(livingwithict.com को सहयोगमा)

सित्तैमा फोन गर्ने एप्लिकेशन – Viber

viber free phone calls

स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ । र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ । तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ ।

viber अहिलेसम्म विभिन्न मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , ‍‌एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) । हाल आएर नोकिया सिरिज ६० (Nokia S60) अन्तर्गतका केहि सिम्बायन (Symbian) र नोकिया सिरिज ४० (Nokia S40) अन्तर्गतका केहि जाभा (Java) मोबाईलमा पनि यो एप्लिकेशन उपलब्ध छ । यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ ।

पहिलो पटक viber इन्स्टल भएपछि यसले तपाइको लोकेसन र फोन नम्बर माग्दछ । त्यसपछि एस.एम.एस को मध्यम बाट एक्टिभेसन कोड पठाउछ । त्यो कोड प्रयोग गरेर तपाइले viber एक्टिभेट गर्नुपर्ने हुन्छ र एक्टिभेट भैसकेपछि यो एपले तपाइको मोबाइलमा भएको फोनबुक एक्सेस गर्न परमिसन माग्छ जुन तपाइले एलोउ गर्नु पर्छ । अरु एप्लिकेसनहरु मा जस्तो यसमा युजरनेम र पासवर्ड बनाउनु पर्ने , पटकपटक लग-इन गरिराख्नु पर्ने झन्झट गरिराख्नु पर्दैन । viber ले तपाइको फोन नंबरलाई नै युजर नेमको रुपमा प्रयोग गर्दछ । एक चोटी viber मा लग-इन भैसके पछि तपाइको फोनबुकबाट अरु viber प्रयोगकर्ताहरु लाई आफ्नो डाटाबेसमा इस्क्यान गर्छ र तपाइको viber को कन्ट्याक्ट लिस्टमा राख्दछ ।

अब तपाइले सिधै आफ्नो फोनबाट ति viber प्रयोगकर्ताहरु लाई कल वा मेसेज गर्न सक्नु हुनेछ । तर यसका लागि दुवै जना ( कलर र रिसिभर ) इन्टरनेट संग कनेक्टेड हुनु आबश्यक छ । viber को इन्टरफेस एकदमै सरल र राम्रो छ । viber बाट कल गर्दा वा रिसिभ गर्दा नर्मल फोन प्रयोग गरे जस्तै हुन्छ , फरक यती मात्रै हुन्छ कि viber प्रयोग गर्दा पर्पल रंगको ब्याकग्राउन्ड देखिन्छ ।

के यो साच्चै नि : शुल्क हो त ?

तपाइले viber प्रयोग गर्दा ध्यानदिनु पर्ने कुरा के हो भने , तपाई कुन मध्यमबाट इन्टरनेट संग कनेक्टेड हुनुहुन्छ : वाई फाई या 3G ! यदि तपाईवाई फाई चलाउदै हुनुहुन्छ भने तपाइको फोन को ब्यालेन्स कम हुदैन तर यदि 3G चलाउदै हुनुहुन्छ भने तपाइले विचार पुर्याउनु पर्ने हुन्छ । Viber बाट १ मिनेट कल गर्दा लगभग २४० किलो-बाइट ब्यान्ड्विथ रेट खपत हुन्छ । जसको मतलब यदी तपाइले नेपाल टेलिकमको 3G सर्भिस प्रयोग गर्दै हुनुहुन्छ भने १ मिनेट कल गरेको लगभग३६ पैसा तपाइको फोनको ब्यालेन्सबाट काटीनेछ |

(livingwithict.com को सहयोगमा)