झुट बालेको पत्ता लगाउने मेसिन नेपालमा आउँदै
अपराधका आरोपी पत्ता लगाउन नेपालले पनि चाडैं बैज्ञानिक प्रविधि भित्र्याउन लागेको छ ।
अभियुक्तलाई कुटेर सत्य तथ्य पत्ता लगाउने गरेको प्रहरीले अब भने झुट
बोल्ने प्रविधि नेपालमा ल्याउन लागेको हो । अभियुक्तले ढाँटेमा पत्ता
लगाउने पोलिग्राफ मेसिन (लाइ डिटेक्टर) एक महिनापछि ल्याउने जानकारी प्रहरी
प्रवक्ता एसएसपी गणेश केसीले दिएका छन् ।
पहिला पनि ल्याउने प्रयास भए पनि यो मेसिन निकै महगंो पर्ने र प्रहरीलाई तालिम दिन झनै खर्चिलो हुने भएकाले यो मेसिन ल्याउन सकिएको थिएन । हाल अमेरिकी सहयोगमा ५ र नेपाल प्रहरीकै बजेटमा २ गरी सातवटा पोलिग्राफ मेसिन ल्याउन लागिएको हो । साथै तालिममा पनि नेपाललाई अमेरिकाले सहयोग गरेको छ ।
पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउने छ । मुटुको चाल, रक्तचाप लगायत शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा पोलिग्राफ मेसिनले झुटो बोलेको पत्ता लगाउन सक्नेछ ।

(livingwithict.com को सहयोगमा)
No comments:
Post a Comment